धादिङ, साउन १० , २०८३

लायन्स क्लब अफ काठमाडौं सुर्यमुखीको आयोजनामा धादिङको नीलकण्ठ नगरपालिका–१२ स्थित नीलकण्ठ पार्कमा  १५०  भन्दा बढी वृक्षरोपण  कार्यक्रम सम्पन्न भएको छ।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ पर्यावरण निर्माण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं सुर्यमुखीका अध्यक्ष लायन राजाराम रिजाल, डिभिजन वन कार्यालय धादिङका प्रमुख रचना पोखरेल, लायन्सका पदाधिकारी तथा सदस्यहरू, सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उपस्थित वक्ताहरूले वृक्षारोपण मात्र पर्याप्त नभई रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाह पनि उत्तिकै महत्वपूर्ण रहेकोमा जोड दिएका थिए। उनीहरूले वातावरणीय सन्तुलन कायम गर्न र भावी पुस्तालाई हराभरा वातावरण हस्तान्तरण गर्न यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याए।

आयोजकका अनुसार सामाजिक सेवासँगै वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0