धादिङ । रूविभ्याली गाउँपालिका–३ सेर्तुङ घर भई धादिङबेँसीमा बस्दै आएका करिब १९ वर्षीय नरेश घलेको थोपाल खोलामा पौडी खेल्ने क्रममा बगेर मृत्यु भएको छ।

बुधबार थोपाल खोलामा पौडी खेल्ने क्रममा घलेलाई खोलाले बगाएको प्रहरीले जनाएको छ। खोलाले बगाएको सूचना पाएपछि खोजीमा जुटेको प्रहरी टोलीले घटनास्थलबाट करिब ३ किलोमिटर तल पशुपति मन्दिर आसपास उनको शव फेला पारेको हो।

प्रहरीका अनुसार पौडी खेलिरहेका बेला अचानक खोलाको बहावले घलेलाई बगाएको थियो। त्यसपछि प्रहरी तथा स्थानीयको सहयोगमा उनको खोजी गरिएको थियो। केही समयपछि पशुपति मन्दिर आसपास खोलामा शव फेला परेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी टोलीले घटनास्थलको मुचुल्का तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0