धादिङ । लायन्स क्लब अफ धादिङ भैरवीले मंगलबार धादिङमा बृहत् खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। क्लबले रक्त अभाव हुन नदिन र आवश्यक परेका बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो।
क्लबका अनुसार मंगलबार बिहान ८ बजेदेखि दिउँसो ५ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रम शहीद मेमोरियल अस्पताल परिसर, नीलकण्ठ नगरपालिका–३, धादिङ मा आयोजना हुने जनाइएको छ।
कार्यक्रममा इच्छुक तथा स्वस्थ व्यक्तिहरूलाई सहभागी भई रक्तदान गर्न आयोजकले आग्रह गरेको छ। रक्तदानले दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न स्वास्थ्य समस्याका कारण रगत आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने आयोजकको अपेक्षा छ।
रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र, धादिङ ले प्राविधिक सहयोग गर्नेछ। त्यस्तै शहीद मेमोरियल अस्पताल धादिङ, शिखर इन्स्योरेन्स तथा अन्य स्थानीय संस्थाहरूको सहकार्य रहने आयोजकले जनाएको छ।
लायन्स क्लब अफ धादिङ भैरवीले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, मानवीय सेवा तथा समुदाय केन्द्रित विभिन्न कार्यक्रम गर्दै आएको छ। यसै क्रममा आयोजना गरिएको रक्तदान कार्यक्रममा बढीभन्दा बढी नागरिकको सहभागिता रहने अपेक्षा गरिएको क्लबले जनाएको छ।
आयोजकले रक्तदान गर्न इच्छुक सबैलाई तोकिएको समयमा कार्यक्रमस्थलमा उपस्थित भई रक्तदान गरेर मानवीय सेवामा योगदान पुर्‍याउन अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0