.बिश्वास सिलवाल ,६ भाद्र ,२०८३

नेपालभरि सञ्चालन हुँदै आइरहेको एमआरआर साप्ताहिक भजन–कीर्तन कार्यक्रम धादिङमा पनि केही वर्षदेखि निरन्तर हुँदै आइरहेको छ। धादिङमा वैशाख ५ गतेदेखि सुरु भएको यो कार्यक्रम हरेक शनिबार विभिन्न स्थानमा आयोजना हुँदै आएको छ।

पछिल्लो समय एमआरआर भजनमा युवादेखि बालबालिका र नयाँ पुस्तासम्मको उल्लेखनीय सहभागिता देखिन थालेको छ। आधुनिक प्रविधि, मोबाइल तथा सामाजिक सञ्जालमा बढी समय बिताउने बालबालिकाहरू समेत अहिले भजन–कीर्तनमा सहभागी भएर भक्ति संगीतको आनन्द लिँदै रमाउन थालेका छन्।

भजनमा युवाहरूको उत्साहजनक सहभागिता र बालबालिकाहरूको उपस्थितिले कार्यक्रमलाई अझ जीवन्त र आकर्षक बनाएको छ। यसरी नयाँ पुस्ता पनि भजन, कीर्तन र धार्मिक–सांस्कृतिक गतिविधिमा जोडिनुले आफ्नो संस्कार, संस्कृति र मौलिक परम्परालाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।

मोबाइल र प्रविधिको दुनियाँमा रमाइरहेका बालबालिकाहरूलाई केही समय भए पनि भक्ति, संगीत र सकारात्मक वातावरणसँग जोड्ने यस्तो अभियानले समाजमा सकारात्मक सन्देशसमेत प्रवाह गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0