धादिङ ,६ भाद्र ,२०८३

नेपाल सुनचाँदी कला व्यवसायी संघ धादिङको अध्यक्षमा नीरबहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ। संघको १९औँ साधारणसभा तथा सातौँ अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति  हिजो  निर्वाचित भएको हो।

अधिवेशनका वक्ताहरूले सुनचाँदी व्यवसायमा व्यावसायिक मर्यादा, पारदर्शिता र कानुनको पूर्ण पालना गर्न व्यवसायीलाई आग्रह गरेका छन्। बिल बिजक अनिवार्य गर्ने, सही तौल तथा गुणस्तरीय वस्तु उपलब्ध गराउने र उपभोक्ताको विश्वास कायम राख्न पारदर्शी कारोबारमा जोड दिइएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी कला व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष बालकुमार विश्वकर्माले व्यवसायीले बिल बिजक लिने तथा जारी गर्ने व्यवस्था अनिवार्य रूपमा पालना गर्नुपर्ने बताउनुभयो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले व्यवसायीको सुरक्षाका लागि प्रशासनले आवश्यक सहजीकरण गर्ने बताउनुभयो। प्रहरी उपरीक्षक सुमित खड्काले व्यवसायीको सुरक्षाका लागि आवश्यक योजना बनाएर प्रहरी परिचालन गर्ने जानकारी दिनुभयो।

नवनिर्वाचित अध्यक्ष नीरबहादुर विश्वकर्माले व्यवसायीका साझा समस्या समाधान गर्दै संघलाई व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले व्यवसायीबीच एकता, सहकार्य र उपभोक्ताको हितलाई प्राथमिकता दिने बताउनुभयो।

नवनिर्वाचित कार्यसमिति क्रमशः :

१. अध्यक्ष: नीरबहादुर विश्वकर्मा
२. उपाध्यक्ष: गणेश बराइली
३. सचिव: बाबुराम रसाइली
४. कोषाध्यक्ष: कुलबहादुर सुनार ‘मनिस’
५. सहसचिव: कुलबहादुर सुनार ‘अनिल’
६. सहकोषाध्यक्ष: अशोक सुनार
७. सदस्य: जीवन विश्वकर्मा
८. सदस्य: धनबहादुर सुनार
९. सदस्य: राजेश सुनार
१०. सदस्य: अस्विन सुनार
११. सदस्य: सीताराम सुनार
१२. सदस्य: ईश्वर बराइली
१३. सदस्य: प्रेमलाल सुनार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0