धादिङ , भाद्र ११ ,२०८३
भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित नागरिकको राहत र उद्धारका लागि ज्वालामुखी गाउँपालिकामा कार्यरत कर्मचारीहरूले ७ दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरेका छन्।
बाढीबाट प्रभावित नागरिकलाई राहत तथा सहयोग आवश्यक रहेको भन्दै गाउँपालिकाका कर्मचारीहरूले आफ्नो ७ दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।
कर्मचारीहरूले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएका छन्।
विपद्को समयमा पीडित नागरिकलाई सहयोग पुर्याउन कर्मचारीहरूले आफ्नो तलबबाट योगदान गर्ने निर्णय गरेका हुन्। उनीहरूले बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।






