बद्री पौडेल ,धादिङबेसी ,१७ भाद्र ,२०८३

भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति भैरबी पेट्रोल पम्पले गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेको छ।

धादिङबेसीमा रहेको भैरबी पेट्रोल पम्पका प्रोप्राइटर पार्वतीदेवी श्रेष्ठले बाढी प्रभावित नागरिकको पीडामा आफ्नो तर्फबाट थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ लाख ५५ हजार ५ सय ५५ सहयोग गर्नुभएको हो।

पेट्रोल पम्पका निर्देशक गोकर्ण घिमिरेका अनुसार विपद्का कारण प्रभावित भएका परिवारको पीडामा साथ दिन सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको हो। उहाँले भन्नुभयो, “विपद्को यो कठिन अवस्थामा पीडित नागरिकको साथमा उभिनु हाम्रो पनि दायित्व हो। सहयोग सानो भए पनि राहत र पुनःस्थापनाको अभियानमा योगदान पुगोस् भन्ने हाम्रो उद्देश्य हो।”

भैरबी पेट्रोल पम्पले व्यवसायसँगै सामाजिक तथा मानवीय क्षेत्रमा समेत आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको निर्देशक घिमिरेले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0