काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर घटिरहेको अवस्थामा बुधबार एकैदिन तोलामै ८ हजार ८ सय रुपैयाँले गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ।

मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेर ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि सोमबार २ हजार ४०० रुपैयाँ घट्दै सुनको मूल्य ३ लाख ६ हजार ६०० रुपैयाँमा झरेको थियो।

त्यस्तै आइतबार पनि सुनको मूल्य प्रतितोला ९ हजार ५०० रुपैयाँ घटेको थियो। आइतबार सुन ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसरी केही दिनयता लगातार सुनको मूल्यमा गिरावट आएको छ। बुधबारको गिरावट पछिल्लो समयकै उल्लेख्य दैनिक गिरावटमध्ये एक हो।सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ५८० रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेर ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो। सोमबार र आइतबार भने चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0