धादिङ । १८ भदौ
निलकण्ठ नगरपालिकामा लगातार पाँच दिन सार्वजनिक बिदा हुने भएको छ। विभिन्न पर्व तथा बिदाका कारण भदौ १८ गतेदेखि २२ गतेसम्म नगर क्षेत्रमा लगातार पाँच दिन बिदा हुने भएको हो।

भदौ १८ गते भाेटेकोशी र त्रिशुली नदीमा आएको बाढीले पुर्याएको मानविय क्षेतिप्रति दुख व्यक्त गर्दै शोक बिदा, १९ गते कृष्णाष्टमी पर्व, २० गते शनिबार र २१ गते आइतबार सार्वजनिक बिदा परेको छ। त्यसैगरी २२ गते चेपाङ समुदायको न्वागी (छोनाम पर्व) अवसरमा बागमती प्रदेशको आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक बिदा घोषणा गरेको छ।

यससँगै निलकण्ठ नगरपालिका क्षेत्रका सरकारी कार्यालय तथा सम्बन्धित निकायमा लगातार पाँच दिन सेवा प्रभावित हुने भएको छ। पाँच दिनको बिदापछि नियमित कार्यालय तथा सेवा प्रवाह भदौ २३ गतेदेखि सञ्चालन हुने छ।

लगातार बिदा परेपछि सेवाग्राहीले अत्यावश्यक काम भएमा बिदा सुरु हुनुअघि नै सम्बन्धित कार्यालयमा सम्पर्क गरी सेवा लिनुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0