धादिङ ,२०८३ भाद्र २० गते

भोटेकोसी बाढीमा परी ज्यान गुमाएका नीलकण्ठ नगरपालिकाका नगरवासीका शोकसन्तप्त परिवारसँग नीलकण्ठ नगरपालिकाको टोलीले आज भेटघाट गरी समवेदना व्यक्त गरेको छ।

नगरप्रमुख भीमप्रसाद ढुङ्गाना, उपप्रमुख दिपक विश्वकर्मासहितको टोलीले बाढीमा आफन्त गुमाएका परिवारको घरमै पुगेर समवेदना व्यक्त गर्दै दुःखमा स्थानीय सरकार साथमा रहेको जनाएको हो।

नगरपालिकाले भोटेकोसी बाढीमा परी ज्यान गुमाएका नगरवासीका परिवारलाई काजकिरिया खर्चस्वरूप प्रतिमृतक ४० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

नगरपालिकाका प्रवक्ता प्रकाश श्रेष्ठका अनुसार बाढीबाट ज्यान गुमाएका प्रत्येक नगरवासीका परिवारलाई उक्त रकम उपलब्ध गराइनेछ। उहाँका अनुसार विपद्को यस कठिन अवस्थामा पीडित परिवारलाई स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग र राहत उपलब्ध गराउने कामलाई प्राथमिकतामा राखिएको छ।

बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि नगरपालिकाले प्रभावित परिवारको अवस्था बुझ्ने, समवेदना व्यक्त गर्ने तथा आवश्यक सहयोगका लागि पहल गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0