काठमाडौं, २५ भदौ । उद्योगमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन्।
मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूसँग सम्बन्धित विषयमा दिएको विवादास्पद अभिव्यक्तिपछि उनको राजीनामालाई चासोका साथ हेरिएको छ।
यादवले संसदीय समितिमा ग्यास उद्योगीहरूलाई ‘पाता फर्काउनुपर्ने’ आशयको अभिव्यक्ति दिएकी थिइन्। उक्त अभिव्यक्तिको आलोचना भइरहेका बेला उनले पदबाट राजीनामा दिएकी हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






