बद्री पौडेल , धादिङ ,२०८३ असोज ९ गते

नीलकण्ठ नगरपालिका–१२, पिप्लेटार निवासी ज्येष्ठ अभिभावक तथा तत्कालीन मुरलीभञ्ज्याङ गाउँ पञ्चायतका पूर्वप्रधानपञ्च त्रिलोचन लम्सालको निधन भएको छ।

लम्सालको असोज ८ गते बुधबार साँझ ९० वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

लम्सालले तत्कालीन मुरलीभञ्ज्याङ गाउँ पञ्चायतमा लामो समय जनप्रतिनिधिका रूपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो। उहाँ २०३२ सालदेखि २०३३ सालसम्म उपप्रधानपञ्च तथा २०३४ सालदेखि २०३९ सालसम्म मुरलीभञ्ज्याङ गाउँ पञ्चायतको प्रधानपञ्च रहनुभएको थियो।

स्थानीय तहमा पञ्चायती व्यवस्थाअन्तर्गत जनप्रतिनिधिका रूपमा रहेर उहाँले लामो समय सामाजिक तथा सार्वजनिक जिम्मेवारी निर्वाह गर्नुभएको परिवारका सदस्य कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो।

स्वर्गीय लम्सालका एक छोरा, पाँच छोरी र श्रीमती हुनुहुन्छ।

उहाँको निधनप्रति स्थानीयवासी तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0