धादिङ ,२०८३ असोज ९  गते

धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ मा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ४१ वर्षीया सुकुमाया चेपाङ रहेकी छन्। लगातार भइरहेको वर्षाका कारण खोलानाला तथा सडकमा पानीको बहाव बढिरहेका बेला घटना भएको हो।

जिल्लाका विभिन्न स्थानमा लगातार झरी परिरहेको र खोलानाला तथा सडकहरू जोखिमपूर्ण बनेकाले प्रहरीले आवश्यक कामबाहेक यात्रा नगर्न तथा सावधानी अपनाउन आग्रह गरेको छ।

वर्षाका कारण बाढी, पहिरो तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले स्थानीयवासीलाई जोखिमयुक्त स्थानमा नजान र सुरक्षित रहन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0