धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत धादिङका दुई गाउँपालिकामा भएको निर्वाचनमा ज्वाईं–ससुरा नै गाउँपालिका सभापतिमा विजयी भएका छन्।
नेत्रावती डबजोङ गाउँपालिकाको सभापतिमा पुराना नेता टेकजङ लामा निर्वाचित भएका छन् भने ज्वालामुखी गाउँपालिकाको सभापतिमा उनका ज्वाईं राजु लोप्पा विजयी भएका छन्।
आइतबार भएको निर्वाचनमा नेत्रावती डबजोङ गाउँपालिकामा टेकजङ लामाले ६७ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी विजय पाख्रिनले ४४ मत र सुरेश वाइबाले २४ मत प्राप्त गरे।
त्यस्तै, ज्वालामुखी गाउँपालिकाको सभापति पदका लागि भएको निर्वाचनमा राजु लोप्पाले १४२ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिस्पर्धी छापबहादुर गन्द्रमाले १०१ मत प्राप्त गरे भने ५ मत बदर भएको थियो।
यससँगै धादिङ कांग्रेसको गाउँपालिका नेतृत्वमा टेकजङ लामा र राजु लोप्पा ज्वाईं–ससुराको जोडी सभापतिमा निर्वाचित भएको हो।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङका विभिन्न गाउँपालिका तथा नगरपालिकामा अधिवेशन तथा नेतृत्व चयनको प्रक्रिया जारी छ। ज्वालामुखी र नेत्रावती डबजोङमा आइतबार निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0