१४ असोज २०८३

धादिङको गंगाजमुना गाउँपालिका–१ की २४ वर्षीया ममता तामाङलाई प्रसूति सेवामा जटिलता देखिएपछि हेलिकप्टरमार्फत काठमाडौं उद्धार गरिएको छ।

तामाङलाई सुरक्षित प्रसूति सेवाका लागि २०८३ असोज १३ गते बिहान ११ बजे गंगाजमुना गाउँपालिका–१ स्थित ताजिम्राङ सामुदायिक स्वास्थ्य इकाइमा भर्ना गरिएको थियो। लामो समयसम्म प्रसव प्रक्रिया अगाडि नबढेपछि थप उपचारका लागि गंगाजमुना आधारभूत अस्पताल, फूलखर्कमा रेफर गरिएको थियो।

अस्पतालमा प्रसूति सेवाका क्रममा थप जटिलता देखिएपछि उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत निःशुल्क हवाई उद्धार गरी काठमाडौंस्थित प्रसुति गृह थापाथली पठाएको  स्वास्थ्य शाखा प्रमुख दीपक अधिकारीले जानकारी दिनुभयो।

स्वास्थ्य शाखा प्रमुख अधिकारीका अनुसार समयमै थप उपचार आवश्यक देखिएपछि हवाई उद्धारमार्फत काठमाडौं पठाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0