धादिङ ,२०८३ असोज १४ गते
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन सम्पन्न भएको छ।
नयाँ नेतृत्व तथा महाधिवेशन प्रतिनिधि चयनका लागि भएको मतदानमा १ हजार ७५८ मत खसेको निर्वाचन समितिले जनाएको छ।
कुल १ हजार ७९० क्षेत्रीय प्रतिनिधिमध्ये १ हजार ७५८ जनाले मतदान गरेका हुन्।
मतदान सम्पन्न भएसँगै अब मतगणनाको तयारी गरिएको छ। मतगणना भोलि (असोज १५ गते) बिहानदेखि सुरु हुने नेपाली कांग्रेस धादिङले जनाएको छ।
क्षेत्रीय अधिवेशनबाट प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको नेतृत्व, प्रदेश सभा क्षेत्रीय कार्यसमितिको नेतृत्व तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनेछन्।
क्षेत्र नम्बर २ मा दुई समूहका उम्मेदवारबीच प्रतिस्पर्धा रहेकाले मतगणनाको नतिजालाई कांग्रेस नेता–कार्यकर्ता तथा प्रतिनिधिहरूले चासोका साथ प्रतीक्षा गरिरहेका छन्।






