बिश्वास सिलवाल ,धादिङ, साउन १० ,२०८३

पोखरा र बुटवलबाट सुरु भएको MRR भजन अभियान अहिले धादिङमा पनि लोकप्रिय बन्दै गएको छ। धादिङमा यस वर्ष वैशाख ५ गतेदेखि सुरु भएको MRR भजनमा पछिल्लो समय युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिता देखिन थालेको छ। MRR भजन पोखराबाट सुरु भई नेपालका विभिन्न जिल्लामा विस्तार भएको अभियान हो।

आयोजकका अनुसार भजनमार्फत धार्मिक चेतना, सामाजिक एकता र भक्तिभाव प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। प्रत्येक हप्ता भक्तजनहरूको संख्या बढ्दै गएको र नयाँ सहभागीहरू समेत जोडिँदै गएका छन्।

विशेष गरी साउन महिनाभर शनिबार र सोमबार नियमित रूपमा भजन आयोजना गरिनेछ। शनिबारको भजन बेलुकी ५:३० बजेदेखि सुरु हुने जानकारी आयोजकले दिएका छन्।

आयोजकहरूले सम्पूर्ण श्रद्धालु तथा भक्तजनलाई उपस्थित भई भजन–कीर्तनमा सहभागी बन्न र आध्यात्मिक वातावरणको लाभ लिन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0