धादिङ, २४ साउन ,२०८३
धादिङ जिल्ला अदालत बार एसोसिएसनको हिजो शनिबार २१औँ अधिवेशनबाट अधिवक्ता रामचन्द्र भट्ट बारको अध्यक्षमा चयन हुनुभएको छ।
बेनिघाट रोराङ गाउँपालिका–७, चेपाङमा सम्पन्न अधिवेशनबाट भट्टको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो। अधिवेशनले जिल्लाका कानून व्यवसायीको पेशागत हकहित, न्यायिक क्षेत्रको सुधार तथा बार र बेन्चबीचको समन्वयलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
नवनिर्वाचित अध्यक्ष भट्टसहित गठित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
अधिवेशनबाट निर्वाचित कार्यसमिति: तपशिल बमोजिम रहेको अधिवक्ता रामकृष्ण अधिकारीले बताउनुभयो ।
- अध्यक्ष: अधिवक्ता रामचन्द्र भट्ट
- उपाध्यक्ष: अधिवक्ता रामकृष्ण अधिकारी
- सचिव: अधिवक्ता खिल गिरी
- कोषाध्यक्ष: अधिवक्ता गोपी अर्याल
- सह–सचिव: अधिवक्ता अम्बिका घिमिरे
- सदस्य: अधिवक्ता विश्वराज अधिकारी
- सदस्य: अधिवक्ता टंककुमार श्रेष्ठ
- सदस्य: अधिवक्ता दिनेश दुवाडी
धादिङ जिल्ला अदालत बार एसोसिएसनको ३८औँ वार्षिक साधारण सभा तथा २१औँ अधिवेशन शनिबार सम्पन्न भएको हो।






