बिश्वास सिलवाल ,नीलकण्ठ, धादिङ — २०८३ भदौ २६ गते

नीलकण्ठ बहुमुखी क्याम्पसमा आज ‘विद्यार्थीसँग क्याम्पस प्रमुख संवाद’ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विद्यार्थीहरूले क्याम्पसमा भइरहेका विभिन्न समस्या, शैक्षिक गतिविधि, पूर्वाधार, खेलकुद, सेवा–सुविधा तथा विद्यार्थीका अन्य सरोकारका विषयमा क्याम्पस प्रमुखसमक्ष प्रत्यक्ष रूपमा प्रश्न, गुनासा र सुझावहरू राखेका थिए।

विद्यार्थीहरूले उठाएका सवाल तथा जिज्ञासामाथि क्याम्पस प्रमुख डा. मुरारी अधिकारीले स्पष्ट रूपमा जवाफ दिँदै आवश्यक विषयमा आफ्नो धारणा राख्नुभएको थियो। उहाँले विद्यार्थीका समस्या र गुनासालाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा क्याम्पसलाई अझ व्यवस्थित, गुणस्तरीय र प्रगतिउन्मुख बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

क्याम्पसमा देखिएका समस्या क्रमशः समाधान गर्दै विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने र क्याम्पसको शैक्षिक तथा समग्र विकासलाई निरन्तर अगाडि बढाउने विषयमा समेत उहाँले जोड दिनुभयो।

विद्यार्थी र क्याम्पस प्रशासनबीच प्रत्यक्ष संवादमार्फत समस्या पहिचान, समाधान र सुधारका लागि सहकार्य गर्ने उद्देश्यले आयोजित कार्यक्रमले क्याम्पसमा विद्यार्थीका आवाजलाई थप प्रभावकारी रूपमा सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0