नेपाली काँग्रेस धादिङका सभापति तथा संघीय संसद रामनाथ अधिकारीले पत्रकार सम्मेलन गरि प्रथम जिल्ला अधिवेशन हुने र सबै १०८ वटै वडाहरूवाट क्षेत्रिय प्रतिनिधिहरू सहभागी हुने वताउनु भयाे । नेपाली काँग्रेस धादिङकाे प्रथम जिल्ला सम्मेलनकाे तयारी पूरा भएकाे बताउदै सम्मेलनमा राजनैतिक , संगठनीक, आर्थिक प्रतिवेदन पेश हुनुका साथै रक्तदान कार्यक्रम समेत हुने जानकारी दिनुभयाे ।

<span;>नेपाली कांग्रेस धादिङ जिल्ला सम्मेलन विधि विपरित भएको भन्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिन, नेता भिम प्रसाद ढुंगाना र निवर्तमान सभापति रमेश धमलाले आफुहरू सम्मेलनमा सहभागी नहुने र कार्यकर्ताहरूलाई सम्मेलनमा सहभागि नहुन  आग्रह गरेकाे छ ।
<span;> शनिबार कांग्रेस नेता शेखर कोईरालाले उद्घाटन गर्ने भनिएको सम्मेलन केन्द्रीय सदस्य दिलमान पाख्रिन, निवर्तमान सभापति रमेश धमला र १४ ओं अधिवेशनमा झिनो मतले पराजित भिम प्रसाद ढुंगानाको समुहले बहिस्कार गर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0