धादिङ । नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिकाको सभापतिमा राजु लोप्पा विजयी भएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आइतबार भएको गाउँपालिका अधिवेशनमा भएको निर्वाचनमा लोप्पाले १४२ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका हुन्।
उनका प्रतिस्पर्धी छापबहादुर गन्द्रमाले १०१ मत प्राप्त गरे। निर्वाचनमा ५ मत बदर भएको जनाइएको छ।
कुल खसेको मतमध्ये लोप्पाले प्रतिस्पर्धी गन्द्रमालाई ४१ मतान्तरले पराजित गर्दै ज्वालामुखी गाउँपालिकाको सभापतिको जिम्मेवारी हासिल गरेका हुन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर स्थानीय तहका अधिवेशनहरू जारी रहेका छन्। सोही क्रममा धादिङका विभिन्न गाउँपालिका तथा नगरपालिकामा समेत नेतृत्व चयनका लागि निर्वाचन तथा अधिवेशन भइरहेका छन्।






