धादिङ । दिव्य त्रिकोण मिडिया हाउस प्रा लि धादिङ द्धारा सञ्चालित त्रिकोण खवर डटकमको आजवाट औपचारिक सुरुवात भएको छ । धादिङ सदरमुकाम धादिङबेसीमा आज आयोजित एक कार्यक्रमको बिच शुभारम्भ भएको हो ।
पत्रकारले समाचार सम्प्रेशण गर्दा नराम्रा कुरा लेख्ने र राम्रा कुरा नलेख्ने गर्दा सकारात्मक कुरा ओझेलमा पर्ने गरेको र पत्रकारले समाचार लेख्दा भुई मान्छेहरुको समाचारलाई प्राथमिकता दिनुपर्ने कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद गोविन्द लम्सालले बताउनु भयो ।

शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विक , नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा , कान्तिपुर टेलिभिजनका उपसम्पादक पोषनाथ अधिकारी , निलकण्ठ एफ एमका स्टेशन म्यानेजर बद्री अधिकारी लगायतले शुभकामना दिनुहुदै सञ्चार गृह खोल्नु भन्दा टिकाउनु महत्वपुर्ण भएको बताउनु भयो ।


कार्यक्रममा त्रिकोण खवर डटकम अन्य सञ्चार संस्था र पत्रकारहरुसंग प्रतिश्पर्धाको लागी नभै आवाज विहिनहरुको आवाज बुलन्द गर्नको लागी खोलिएको पत्रिकाका प्रधान सम्पादक कृष्णराज अधिकारीले बताउनु भयो । दिव्य त्रिकाेण मिडिया हाउसका अध्यक्ष कृष्ण बहादुर पाैडेलकाे सभापतित्वमा सम्पन्न कार्यक्रमकाे सञ्चालन त्रिकोण खवर डटकमका सम्पादक इश्वर थापा मगरले  गनुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0