मानव निर्मित वस्तिहरुमा इतिहासको कालखण्ड हेर्न हो भने बेलाबेलामा अनेक खालका प्रकोपहरुको सामना गर्नु परेको देखिन्छ । कहिले मुकम्प र यसका पराकम्पनहरुले लाखौ मानिस लगायत अन्य प्राणीहरुको क्षति पुर्याएको देखिन्छ जसको कारण भू धरातलको प्रकृतिक स्वरुपहरु नै उथलपुथल भएको पाउछौ । यसै गरी अतिवृष्टि र अनावृष्टिका कारण हिमाली र पहाडी वस्तीहरुले पहिरो प्रकोपको सामना र मैदान र तराइका वस्तीहरुमा वर्षेनी  विनासकारी वाढी बाट  मानव वस्तिहरु प्रताडित हुंदै आउन परेको छ । यति मात्र कहां हो र मानव जतीलाइ प्रभावित पार्ने अर्को कुरा बिभिन्न खालका रोगहरुका महामारी पनि एक हो । प्लेग‚ हैजा‚विफर‚दादुरा‚आंठे जस्ता रोगहरुले धेरै जनधनको हानी पुर्याएको इतिहास पढ्न पाइन्छ । यस्ता प्रकोपले राजा देखि रंकसम्म कसैलाइ छोडेको छैन । स्वाइन फ्लू‚ बर्ड फ्रलू ‚लम्किस्किन‚रेविज आदी पशुपन्छीहरुमा लाग्ने रोगहरु पनि कति हो कति ?

मानववस्ती र विकास गतिलाइ अबरोध पुर्याउने त्यस्तै विश्वव्यापी फैलिएको महामारीे रोग मध्ये हामीले भर्खरै सामना गरीरहेको रोग हो कोरोना भाइरस अर्थात कोभिड — १९ ।  छिमेकी देश चीनको गुहान शहर बाट फैलिएको यस महामारीले विश्वभरका प्राय सबै देशलाइ कुनै न कुनै रुपले प्रभावित बनाएरै छाड्यो । रोगका कारण हजारौ सर्बसाधरणहरुले ज्यान गुमाउनु पर्यो । इसं २०१९ को अन्त्य तिरबाट फैलिएको यो कोरोना भाइरसको धड.धड.ी अहिले २०२३ को अन्त्य तिर आइपुग्दा समेत रहीरहेको छ ।

नेपालमा विसं २०७६ चैत्र ४ गते फ्रान्सबाट कतार हुंदै नेपाल आएकी एक युवतीको स्वस्थ्य परीक्षणको क्रममा कोभिड को पुष्टी पछि तत्कालिन मन्त्री परीषद्को बैठक ५ गते बसि २०७६ चैत्र ६ गतेदेखि हुन लागेको यसइइ  परीक्षा स्थगित हुनपुग्यो । उक्त सालको यसइइ परीक्षाको आन्तरीक नँबरलाइ आधार मानी जांचै नदिइ विद्यार्थीहरु उर्तीण भए । २०७६ चैत्र ११ गतेदेखि देशैभर  मानिसहरुको आवागमनमा बन्द गर्दै लकडाउन को आदेश सरकारले जारी गर्यो । पटक पटक को लकडाउनको निरन्तरता ६ महिना भन्दा बढी रह्यो । स्कुल कलेज‚होटल‚ उद्योग कलकारखाना बन्द रहे‚यातायातका साधनहरु ग्यारेजमै थन्किए । वैदेशिक रोजगारीमा गएकाहरु वेरोजगार बने स्वदेश फर्कन पाएनन् । रोगी बिरामीहरुले नियमित उपचार पाएनन् भने गरीब जनताहरु भोकभोकै बांच्न बाध्य भए । सडक पुल पुलेसा हुंदहुंदै पनि यात्रीहरुले तालुको पसीना पैतालासम्म पुर्याउनु पर्यो । कस्तो बिडम्बना ? सायदै यस्तो महामारी रोगको सामना पछिल्ला पुस्ताहरुले बेहोर्न पर्दैन कि ?

यसैमध्ये कोरोनाको समयमा आफुले देखे सुनेका केही रोचक घटनाहरु उल्लेख गर्न चाहन्छु –

घटना नं १

नीलकण्ठ ७ धादिड.का एकजना भाइ भरखर भारतवाट आफ्नो घरआइ बसेका रहेछन् । त्यस बखत भारतबाट आउनेहरुले कोरोेना भाइरस पनि संगै ल्याएका हुन्छन् भन्ने जनधारणा थियो । एकजनाको कारण सारा गाउं नै प्रभावित हुन सक्छ भन्ने बुझाइका कारण गाउका केही दाजुभाइले निजलाइ नगरपालिकको क्वारेन्टाइनमा बस्न र स्वस्थ्य परीक्षण गर्न आग्रह गरे  तर भाइ भने आफुलाइ केही पनि नभएकोले घर छोड्दिन भन्दै अटेर गरे । उक्तकुरा सबै गाउलेहरुले थाहा पाएछन् । सांझपख गाउलेहरु भेला भै निजको घर घेराहाली उसलाइ टाढाबाट नै समाउने कोसिसमा जुटे । तर त्यो भाइ घरको माथिल्लो तलाको पछाडी पट्टीको झ्यालबाट हाम्फाली बारी बारी हुंदै जंगल तिर भागेछ । उ अघि अघि गाउंलेहरु पछी पछी बांदर लखटाइ भएछ । धन्न कसैलाइ केही भएन नत्र ? त्यस पछिका केही दिनसम्म उ दिनमा जंगलमा र रातमा घरमै गरी बितायो । कस्तो अमानवीय व्यवहार अहिले संझदा नि अचम्म लाग्छ !

घटना नं २

गाउंमा मेरो एकजना दाजु जजमानी काम गर्नुहुन्छ । जस्तै महामारी भए पनि आफ्नो रीती थिति धर्म संस्कृतिलाइ छोड्ने कुरा आएन क्यार ? यसै सन्दर्भमा धादिड.वेशी बजारका एकजना जजमान कहां पित्री श्राद्द गर्नुपर्ने भएछ ।श्राद्द का प्रमुख कर्ता र पुरेत वीचको दुरी कायम हुने गरी श्राद्दको थालनि भयो । जसो तसो श्राद्द त भयो तर पुरेतलाइ टीका लगाउने कसरी ? एकजना बुज्रुकले तत्काल लामो लौरा बाट केसरीको पहेंलो टीका लगाउने जुक्ती निकालेछन् । लौरोले टीका लगाउदा पुरेत दाइको झण्डै आंखा घोचेको रे ! पुरेत त पिर्का बाट डंड.रंगै त्यसका बाजे ? बेलुका घर आउदा दाइले सबिस्तार कहेको कहानी हो यो ।

घटना नं ३

एकपटक काम विशेषले सिद्दलेकको बुड.चुड. जनपर्ने भयो । यातायात सबै ठप्प थियो । म भने कसैले देख्छ की भनि डराइ डराइ बाइक लिएर बिजुलीको तालमा बुड.चुड. पुगे । त्यस बखत नागेश्वरी स्कुललाइ पालिकाले क्वारेन्टाइन बनाएको रहेछ । जहां विदेशवाट आएकाहरुलाइ राखिएको रहेछ । स्कुलको हातामा निगरानीका लागि कटबांसका लौरो बोकेका सुरक्षा गार्ड पनि तैनाथ गरीएको थियो । उनीहरुलाइ खान पानी पशुतुल्य व्यवहार गरी टढैबाट राखिदो रहेछ । खानामा कुनै पौष्टीकता र मिठास थिएन होला जस्तो । एकजना भाइ स्कुल कोठा भित्रैबाट चिच्याइ रहेको थियो “मलाइ केही भएको छैन म घर जान चाहन्छु ”। तर त्यतिखेर नै बाहिर तैनाथ सुरक्षा गार्ड भने लौरो भुंइमा बजार्दै भन्दै थिए “ए चुपलाग साला तलाइ २१ दिन सम्म यही कोठामै ठिड.र्याउने हो बढी बोले ढुड.गा खालास् ।” अहिले संझदा नि लाग्छ कस्तो निर्दयी व्यवहार ?

घटना नं ४

ज्वालामुखि अमराई भन्ने गाउंका एकजना पनि भर्खर बैदेशिक रोजगारीबाट घर फर्किएका रहेछन् । घर आएको केहि दिनपछी सामान्य ज्वरो आएछ । गाउमै जचाउदा कोभिडको संका भयो अब के चाहियो र ? गाउं शहर सारा ठाउ कोभिड रोगी फेला पर्यो भनि हो हल्ला भयो । उनलाइ राम्रोसंग जचाउन र उपचार गर्न जिल्ला अस्पताल जान भनियो तर एम्कुलेन्स चालकले समेत लैजान नमाने पछी उनी आफै बाइक चलाएर जिल्ला अस्पताल आए । उनको यो कार्य राष्ट्रिय रुपमै साहसिक बन्यो । भरे टीभिको राष्ट्रिय समाचारमै प्रसारीत भयो । उनको समाचार सगरमाथा आरोही को भन्दा कुनै कम थिएन । तर उनलाइ पनि त भएको केही थिएन नि ! फगत तिललाइ पहाड बनाइएको मात्र ।

माथि उल्लेखित घटनाहरु त केवल एक उदाहरण मात्र हो । कैयौ नागरीकहरुले देश भित्र र बाहिर कति अमानवीय वव्यवहार खेप्नु पर्यो होला कति दुव्र्यवहार पनि । धेरै सर्बसाधरणले ज्यान गुमाउनु पर्यो । भारत पारीबाट दार्चुलाको महाकाली नदी तर्ने क्रममा ज्यान गुमाएको घटना कहिले बिर्सन सकिन्छ र ? खै त विज्ञताको सही प्रयोग ? केही व्यक्तिलाइ भने यो महामारी कमाइ खाने भांडो बन्यो होला ।  तर राज्यबाट नागरीकहरुलाइ सही सल्लाह र सुझाव दिनुपर्ने मा आफै के गर्ने के नगर्ने भनि अन्योलमा परी कुहीरो भित्रको काग जस्तै बन्यो । धेरै मानिसहरुले रोजगारी गुमाउनु पर्यो । त्यस बखतको असर अहिलेसम्म परीरहेको छ । मुलुक आर्थिक मन्दीले आक्रान्त छ । त्यसैले कोरोनाको त्रासदी धेरै पछिसम्म रहि रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0