संदिप स्यम्चेन, पत्रकार

२८६० औं सोनाम ल्होछारको अवसरमा धादिङका तामाङ समुदायले भोली माघ २७ गते धादिङ बेसि खुल्ला मञ्चमा भव्यताका साथ सोनाम ल्होछार बृहत साँस्कृतिक कार्याक्रम गर्ने भएको हो । नेपाल तामाङ घेदुङ जिल्ला शाखा धादिङले यही माघ २७ गते नीलकण्ठ नगरपालिका-०३ स्थित  खुल्लामंचमा ,सोनाम ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्याक्रममा बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कटेललाई प्रमुख अतिथिका रुपमा आउनुहुने आयोजक संस्थाले जनाएको छ ।

सांस्कृतिक कार्यक्रममा चर्चित तामाङ म्हेन्दोमाया कलाकारहरूको शानदार प्रस्तुति रहने छ । तामाङ समुदाय भित्रको कला सस्कृती झाल्किने लामा नाच,डोका नाच,झाक्री नाच,घोडा नाच,सङ्गै यस पटक नेवार समुदायको झिङ्गु नाचका साथ चर्चित तामाङ कलाकारहरुले आफ्नो चर्चित तामाङ तथा नेपाली गीतहरु प्रस्तुती रहने छ । धादिङ बेसीको पुच्छार बजार देखि खुल्ला मञ्च सम्म आफ्नो पोशाक र झाक्रीहरुको साथ र्र्यली पनि प्रदर्शन हुने भएकोले आयोजक संस्थाका संयोजक गायक तथा घेदुङ सदस्य संदिप स्यम्चेनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0