काठमान्डाै:-  प्रधानमन्त्री  पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासकाे मत लिएका छन् ।सत्ता गठबन्धनमा फेरबदल आएपछि पुन आज तेस्राे पटक प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन् ।

पाँच दलीय गठवन्धनमा रहेका  एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी पाटिका सांसदहरूले दाहाललाई विश्वासको मत दिएका हुन् ।

प्रतिनिधिसभाको बुधबार‍‍‍‍‍‍‍‍‍ उपस्थित कुल २६८ सांसद मध्ये १५७ जनाले दाहालको पक्षमा मत दिएका थिए भने ११० जनाले विपक्षमा मत दिएका हुन् ।  एक जनाले भने मत दिन्न भनेका थिए ।

कांग्रेस, जनमत, लोसपा, राष्ट्रिय जनमोर्चा प्रधानमन्त्री दाहालको विपक्षमा उभिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0