धादिङ -: लायन्स क्लव अफ धादिङ भैरवीले निलकण्ठ नगरपालिकाकाे वडा नं ८मा रहेकाे देउराली मा वि (प्रविधिक शिक्षालय) का विद्यार्थीहरूलाई स्कुल व्याग (झाेला) वितरण गरिएकाे छ ।

लायन्स क्लव अफ धादिङ भैरवीका अध्यक्ष कृष्ण वहादुर पाैडेल (वद्रि)काे विशेष पहलमा झाेला वितरण गरिएकाे हाे । देउराली माध्यमिक विद्यालयमा अध्यानरत गरिव , जेहेन्दार ५० जना विद्यार्थीहरूलाई वितरण गरिएकाे हाे ।

देउराली माध्यामिक विद्यालयका प्रधानाध्यापक खिल बहादुर धमलाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ धादिङ भैरवीका अध्यक्ष कृष्णबहादुर पाैडेल (वद्रि)काे प्रमुख आतिथ्यता रहेकाे थियाे । लायन्स क्लव अफ भैरवी यहि मेई १- २०२४ (मिति २०८१ बैशाख १९ गते) का दिन लायन्स क्लव अफ काठमान्डाै जुपिटरवाट हस्तान्तरण गरिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0