धादिङ :- लायन्स क्लव अफ धादिङ भैरवी चार्टरकाे हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ । धादिङकाे पर्यटकीय तथा धार्मिक आस्था बाेकेकाे भैरवी मन्दिर परिसरमा एक कार्यक्रमका बिच लायन्स क्लव अफ काठमान्डाै जुपिटरका पेसिडेन्ट लायन चुडामणि सुवेदीले हस्तान्तरण गर्नु भएकाे हाे ।

लायन्स क्लव अफ काठमान्डाै जुपिटरबाट चार्टर गरि लायन्स क्लव अफ धादिङ भैरवीकाे नयाँ क्लव स्थापना गरि हस्तान्तरण गरिएकाे हाे ।

कार्यक्रममा शुभकामना दिनुहुदै आफू पनि विगतमा लायन्स क्लवकाे सदस्य रहेकाे र अहिले आफ्नै ठाउमा क्लवकाे हस्तान्तरण गर्न पाउँदा खुसि लागेकाे प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारीले वताउनु भयाे । धादिङबेसी फ्राेसेटार सडककाे स्तरउन्नती हुन नसक्दा भैरवी मन्दिर लगायत पर्यटकिय स्थलहरूकाे बिकास हुन नसकेकाे र आफुले यसलाई प्राथमिकताका साथ लिएकाे अधिकारीले वताउनु भयाे ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय साम्सद रामनाथ अधिकारीकाे प्रमुख अतिथ्यता र बागमती प्रदेस साम्सद गाेविन्द लम्सालकाे विशेष आथित्यतामा सम्पन्न गरिएकाे हाे ।

जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विक, लाईन्स क्लब अफ ३२५ आई का डिस्टिक गभर्नर चन्द्र कुमार के .सी ,लाईन्स क्लब अफ काठमाडौ जुपिटरका प्रेसिडेन्ट चुडामणि सुवेदी , खनियावास गाउपालिकाका अध्यक्ष रण बहादुर तामाङ, नेत्रावती डवजाेङ गाउपालिका अध्यक्ष मेघनाथ रिजाल , सिद्वलेक गाउपालिका उपाध्यक्ष सविता अर्याल, नेत्रावती डवजाेङ गाउपालिका उपाध्यक्ष सितामाया चाेदेन , नेपाल मानव अधिकार संगठन धादिङका सभापति कृष्णराज अधिकारी लगायतकाे आतिथ्यता रहेकाे थियाे ।

हस्तान्तरण कार्यक्रम सुरूहुनु भन्दा अगाडि लायन्स क्लव अफ धादिङ भैरवीले सुनाैला भैरवी मा वि का गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई ३५ थान झाेला , स्टेसनरी , भलिवल, लगायतकाे सामाग्री वितरण गरिएकाे थियाे ।

नवगठित क्लवमा लायन कृष्ण बहादुर पाैडेलकाे अध्यक्षतामा २० सदस्यीय लायन्स क्लव अफ धादिङ भैरवीकाे गठन गरिएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0