धादिङ:- डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ सिरोडमा ट्रयाक्टर दुर्घटना हुँदा धादिङका दुईजनाको मृत्यु भएको छ ।
गए राति सिरोडको भित्री सडकमा बागमती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
दुर्घटनामा ट्रयाक्टर चालक धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय धिरज थापामगर र बेनिघाट रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिनुभयो।उनीहरूको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा परि धादिङ बेनिघाट रोराङकै ३१ वर्षीय सुदीप विक र डडेल्धुरा नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
स्राेत : बागमती कलम






