धादिङ । बलात्कार गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् ।
धादिङकी ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गुल्मीको इस्मा गाउँपालिका–२ निवासी ३२ वर्षीय फुर्सा बहादुर मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
आरोपितलाई आइतबार पक्राउ गरी आइतबार नै जबरजस्ती करणीमा मुद्दा दर्ता भएको मिश्रले बताउनुभयो ।
मुखियाले २०८१ असार १० गते घरमै गएर बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय धादिङमा साउन २१ गते उजुरी दिएकी थिईन् ।
पीडितको धादिङ अस्पतालमा साउन २१ गते स्वास्थ्य परिक्षण गरिएको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो ।
घटनाको अनुसन्धानको लागि जिल्ला अदालत धादिङले ७ दिनको म्याद दिएको छ ।
स्राेत : बागमति कलम






