धादिङ :- नेपाल मानव अधिकार संगठन धादिङले धादिङका प्रमुख जिल्ला अधिकारी श्री राजेन्द्र देव पाण्डे समक्ष ज्ञापनपत्र बुझाएकाे छ ।
संगठनले आफ्नाे पाँचवटा वुदामा प्रमुख जिल्ला अधिकारीलाई बिशेष ध्यानाकर्षण गराएकाे छ । मानव अधिकार संगठन धादिङका सभापति अधिवक्ता कृष्णराज  अधिकारी , कोषाध्यक्ष कृष्ण बद्री पौडेल र सदस्य बालकृष्ण नेपालीको  टोलीद्वारा , सभापतिले  वाचन गरि प्रमुख जिल्ला अधिकारी समक्ष बुझाईएकाे हाे ।

मानव अधिकार कर्मि , पत्रकार , नागरीक समाजकाे उपस्थितपमा उक्त ज्ञापनपत्र बुझाईएकाे थियाे ।

ज्ञापनपत्रकाे सार यसप्रकार छ ।
श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू
जिल्ला प्रशाशन कार्यालय धादिङ
विषय :-        ज्ञापन-पत्र
मानव अधिकार प्राकृतिक,मौलिक,कानूनी एवं नैसर्गिक अधिकार हो । मानवलाइ मानवीय मर्यादामा बांच्नका लागि चाहिने अधिकार नै मानव अधिकार हो । नेपालको संबिधान तथा बर्तमान ऐन कानूनद्धारा प्रद्त्त हक अधिकारहरु नागरीक समक्ष स्थापित गर्नकालागि क्रियाशिल संस्था नेपाल मानव अधिकार संगठन  रहि आएको छ । मानव अधिकारको विश्वव्यापि घोषणा पत्र १९४८ को धारा २५ (१) अनुसार प्रत्येक व्यक्तिलाइ आफ्नो र परिवार कल्याणको लागि स्वस्थ्य,खाद्यान्न ,कपडा , आवास, औषधोपचारको राज्यद्धारा सुरक्षा पाउने व्यवस्था गरीएको छ । नेपालको संबिधान २०७२ मा व्यवस्था गरीएको नागरीकका मौलिक हक अन्तर्गत धारा ३६ ले प्रत्येक नागरीकलाइ खाद्य सम्बन्धी हक र धारा ४४ ले उपभोक्ता हकको व्यवस्था गरेको छ ।  राज्यद्धारा स्थापित ऐन कानून र संबिधान प्रद्धत हक अधिकारहरु कार्यान्वयन गराइ जिल्लामा शान्ति सुरक्षा र नागरीक अमन चयन गराउन जिल्ला प्रसाशन कार्यालयको महत्वपूर्ण भूमिका रही आएको छ ।
१) सपिङ सेन्टर,होटल,किराना पसल लगायतका स्थानहरुकम प्रत्येक उपभोक्ताले बुझ्न र देख्न सक्ने गरी उपभोक्ता मूल्यसूची अनिबार्य टांस गर्न लगाउन हुन ।
२) नजिकिदै गरेको चाडबाड लक्षित सुपथ मुल्य पसल प्रतेक पालिकामा संचालन गर्ने व्यवस्था मिलाउन हुन ।
३) बर्षाको समयमा भत्के बिग्रिएका सडक र गोरेटा बाटोहरुलाइ मर्मत संभार गरी सर्बसुलभ आवागमनको व्यवस्था गर्न हुन ।
४) गन्तब्य सम्म पुग्नका लागि सुरक्षित यातायात प्रणाली संचालन गर्नहुन  ।
५) चाडबाडमा हुनसक्ने अवान्छित गतिविधिलाइ नियन्त्रण गर्न हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0