धादिङ :- धादिङ जिल्लामा इसाइ समुदायले एक नयाँ मण्डली स्थापना गरेका छन् । धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा न -३ स्थित होटेल निश्चलको सभा हलमा एक कार्यक्रम गरि धादिङमा सेभेन्थ-डे एडभेन्टिष्ट चर्च नेपाल धादिङ नाम राखेर उदघाटन गरिएको हाे ।
कार्यक्रममा सेभेन्थ डे एडभेन्टिष्ट चर्चका केन्द्रिय अध्यक्ष एवम् बागमति प्रदेश प्रमुख रेभेरेन्ट पास्टर शमुएल शर्मा (सुमन ) ले रिवन काटेर उद्घाटन गरेको थियाे । उहाले चर्चको परिभाषा चर्चको कार्य योजना उद्वेश्य समेत प्रस्तुत गर्नु भएको थियो । नेपाल सरकार मै २०७८ साल फागुन ४ गते नेपाल सरकार केन्द्र मै बैदानिक रुपमा दर्ता गरि परमेश्वरको वचन प्रचार गर्न पाउने अनुमति समेत प्राप्त गरिएको उक्त चर्च नेपालको विभिन्न ठाउँ र जिल्लाहरुमा व्यापक रुपमा फैलिएको छ र सत्य वचन बाइबल अनुसार जिउने सिद्वान्त रहेको छ ।
बाइबल अनुसार चल्ने र नियम रहेको कुरा उहाँले बताउनु भएको थियो । बागमति प्रदेश कमिटी सल्लाहकार जीवन शाहले वचन दिनु हुँदै बधाई दिनु भएको थियो । उक्त कार्यक्रममा धादिङ जिल्लाका विभिन्न मण्डलीका पास्टर आगुवा र दाजुभाई दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । विभिन्न मण्डलीका पास्टर अगुवा ज्युहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।






