धादिङ । नेपाल निजामती कर्मचारी युनियनकाे स्थापना दिवसकाे अवसरमा आमाकाे माया छात्रावासमा रहेका वालवालिकाहरूलाई राहत वितरण तथा छात्रावासकाे परिसरमा वृक्ष राेपण गरि मनाईएकाे छ ।
नेपाल निजामती कर्मचारी युनियन धादिङले आज नीलकण्ठ नगरपालिका वडा नं ४ मा रहेकाे जनजाती कल्यण आश्रम द्वारा सञ्चालित आमाकाे माया छात्रावासमा रहेका वालवालिकाहरूलाई स्टेशनरी समेत वितरण गरेकाे थियाे ।
लायन्स क्लव अफ भैरवी धादिङको सहयाेगमा नेपाल निजामती कर्मचारी युनियन जिल्ला समिति धादिङकाे आयाेजनामा छात्रावासकाे वालवालिकाहरूलाई स्टेशनरी वितरण कार्यक्रममा निजामती कर्मचारी युनियन धादिङका अध्यक्ष प्रकास सापकाेटा , नेपाल रेडक्रस धादिङका अध्यक्ष दुर्लभ कुमार तामाङ, लायन्स क्लव अफ भैरवी धादिङका पदाधिकारीहरू , आमाकाे माया छात्रावासका अध्यक्ष डा नविन वन्धु पहाडी लगायतकाे उपस्थिति रहेकाे थियाे ।






