काठमाडौ ,अर्थ मन्त्रालयले सर्तसहित दुग्ध विकास संस्थानलाई ६० करोड रुपैयाँ ऋण दिन सहमत भै सो काे मन्त्रिपरिषदबाट प्रस्ताव पारीत गरीने भएकाे छ ।संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गरीने जनाएकाे छ । चालु आर्थिक वर्षका लागि संस्थानको नाममा ऋण लगानी अन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गर्न लागिएको हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ  अधिकारीले किसानहरूको दुधकाे बाँकी रकम भुक्तानीका लागि अर्थमन्त्री सँगकाे पहलपछि मन्त्रालयले सर्तसहित रकम दिन सहमति जनाएकाे हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले  दसैँ अघि नै दुग्ध किसानको बाँकी रकम उपलब्ध गराउने प्रतिबद्धता गर्नु भएकाे छ । त्यसैले अर्थको सहमतिसँगै मन्त्रिपरिषद्ले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई ६० करोड  ऋण सहयोग उपलब्ध गराउने भएकाे हाे ।

दुग्ध किसानहरूको गत असार मसान्तसम्म १ अर्ब ५४ करोड रकम बक्यौता रहेकोमा  मन्त्री रामनाथ   अधिकारीले मन्त्रालयकाे जिम्मेवारी पाएपछि यताका दिनहरूमा दुग्ध विकास संस्थानले मैाजाद रहेको मखन, पाउडर दूधकाे बिक्री बितरणबाट रू ३९ करोड रकम आम्दानी गरी हालसम्म दुग्ध किसानहरूलाई बक्याैता रकम   उपलब्ध गराइ सकिएको जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0