काठमाडौ ,त्रिभुवन विश्वविद्यालयले बि.सं. २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिवि परीक्षा सुधार समितिको सोमबारको बैठकले उक्त निर्णय गरेको हो।
वार्षिक परीक्षा प्रणालीअन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका विद्यार्थीहरुले मौका परीक्षाको अवसर पाउँनेछन् ।
समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरुको लागि एक पटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।
यस्तै त्रिभुवन विश्वविद्यालयको जुनसुकै तहको परीक्षामा एआई प्रयोग भएकाे भेटिएमा परीक्षा रद्द हुने जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयले बि.सं. २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएकाे छ –
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






