धादिङ । सितल छहारी नेपाल धादिङ र लायन्स क्लव अफ धादिङ भैरवीले गणेशकुण्ड मा वि लाई धारा सहित पानीकाे जार वाेतल सहयाेग हस्तान्तरण गरेकाे छ ।

खनियावास गाउपालिका वडा नं ४ मा रहेकाे गणेश कुण्ड मा विलाई सितल छहारी नेपाल धादिङ र लायन्स क्लव अफ भैरवी धादिङकाे अध्यक्ष कृष्ण वद्री पाैडेलकाे विशेष पहलमा सहयाेग सामाग्री हस्तान्तरण गरेकाे हाे ।

कार्यक्रमलाई सम्वाेधन गर्दै सितल छहारी नेपालका अध्यक्ष कृण्ण वद्री पाैडेलले आफुले यसै बिद्यालयमा कखरा सिकेकाे कारण यश बिद्यालय प्रति मेराे अधात माया रहेकाे वताउनु भयाे । यस अधि पनि PAUL कम्पनिले उत्पादन गरेकाे झन्डै २ लाख ६२ हजार पर्ने पानी छान्ने फिल्टर उपलव्ध गराई सकिएकाे स्मरण गर्दै छिट्टै ५० जना वालवालिकाहरूलाई बिद्यालय झाेला र गरिव तथा जेहन्दार १० जना बिद्यार्थिहरूलाई न्यानाे कपडा सहयाेग गर्ने प्रतिवद्वता जनाउनु भयाे ।

धारा सहित पानी पिउने जार तथा बाेटल वितरण कार्यक्रममा गणेशकुण्ड माध्यामिक विद्यालयका विद्यालय व्यावस्थापन समिति अध्यक्ष बिष्णु माया गुरूङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक  धन वहादुर तामाङले स्वगत मन्तव्य राख्नु भएकाे थियाे । साे कार्यक्रममा लायन्स क्लव अफ भैरवी धादिङका अध्यक्ष कृष्ण बद्री पाैडेल, पत्रकार ईश्वर थापा मगर, विद्यालयका शिक्षक शिक्षिका विद्यार्थी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0