गर्भे वहादुर मिजार
धादिङ

नीलकण्ठ बह्मुखी क्याम्पसको गणित, स्वास्थ्य तथा साधारण शिक्षा विभागले समुदाय केन्द्रित निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको छ ।
नीलकण्ठ नगरपालिका वडा नं ८ स्थित देउराली चौतारामा आयोजना गरिएको निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा १ सय २५ जना स्थानीयहरुको निशुल्क स्वास्थ्य परीक्षण गरी औषधी समेत वितरण गरिएको थियो ।
स्वास्थ्य परीक्षणमा सहभागी ब्यक्तिहरुको सुगर, प्रेसर चेकजाँच गरी विशेषज्ञ डाक्टर मार्फत आवश्यक परामर्श दिइएको थियो ।

कार्यक्रममा धादिङ अस्पतालका विशेषज्ञ चिकित्सक डा. दिनेश रेग्मीको नेतृत्वमा स्वास्थ्यकर्मीहरु संगीता छत्कुली र सुजिता सिलवालले विरामीहरुको स्वास्थ्य परीक्षण गर्नुभएको हो । कार्यक्रम व्यवस्थापनमा युवा रेडक्रस सर्कल क्याम्पस इकाईले सहयोग गरेको थियो ।
स्वास्थ्यमा समस्या देखिएका ब्यक्तिहरुलाई थप उपचारको लागि धादिङ अस्पतालको ओपीडीमा सेवा लिन सुझाव समेत प्रदान गरिएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0