काठमान्डाै । याे बर्षकाे वरिष्ठ अधिवक्ता डा. नवराज गाैतम फाैजदारी कानुन पुरस्कार अधिवक्ता कमल प्रसाद इटनीलाई प्रदान गरिएकाे छ ।
नेपाल डेमाेक्रेटिक लयर्स एशाेसिएशन (डिएलए नेपाल) काे ३५ औं स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएकाे हाे ।
बरिष्ठ अधिवक्ता गाैतमकाे २०७८ सालमा हृदयघातबाट निधन भएपछि उहाँका छाेरा अधिवक्ता रामचन्द्र (आरसी) गाैतमले उनकाे स्मृतिमा नेपाल डेमाेक्रेटिक लयर्स एशाेसिएशन (डिएलए) काे स्थापना दिवसकाे अवसरमा पुरस्कारकाे घाेषणा गरेका हुन् ।
धादिङकाे ज्यामरूङमा जन्मनु भएका अधिवक्ता कमल प्रसाद ईटनी लामाे समय देखि फाैजदारी कानुनमा अभ्यासरत छन ।
हरेक वर्ष फाैजदारी कानुनकाे क्षेत्रमा क्रियाशिल १ जना अधिवक्तालाई नेपाल डेमाेक्रेटिक लयर्स एशाेसिएशन (डिएलए) मार्फत सम्मानपत्र सहित नगद पुरस्कार प्रदान गरिदै आएकाे छ ।






