काठमाडौं ,२०८३ भाद्र ३०

आर्थिक वर्ष २०८२/०८३ मा देशभरका ९७ हजार ६८८ जना स्थायी शिक्षकले सम्पत्ति विवरण दर्ता गरेका छन्।

सम्पत्ति विवरण दर्ता कार्यमा देशभरका ७५३ स्थानीय तह, ७७ वटा शिक्षा विकास तथा समन्वय इकाई तथा किताबखानाका कर्मचारीले आवश्यक सहजीकरण गरेका थिए।

सम्बन्धित निकायले निर्धारित समयभित्र सम्पत्ति विवरण बुझाउने सबै स्थायी शिक्षकप्रति धन्यवाद व्यक्त गरेको छ। साथै, विवरण दर्ता प्रक्रियालाई सहज बनाउन सहयोग गर्ने स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई र किताबखानाका कर्मचारीको योगदानप्रति पनि आभार व्यक्त गरिएको छ।

सम्पत्ति विवरण दर्ता सार्वजनिक पद तथा सेवामा रहेका व्यक्तिको आर्थिक पारदर्शिता कायम गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा लिइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0