धादिङ । आज मिति २०८१/0८/0८ का दिन धादिङको जनजीबिका होटलमा लाईन्स क्लब अफ धादिङ भैरबीले एक कार्यक्रम गरी ३२५ I का District Governor लायन बिनोद ढुङ्गाना र अन्य लायन लिडरहरुलाई स्वागत गरेको छ ।
लाईन्स क्लब अफ धादिङ भैरबीका अध्यक्ष कृष्ण बद्री पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो , स्वागत तथा भेटघाट कार्यक्रममा District Governor बिनोद ढुङ्गानाले धादिङमा केही देखिने काम गर्ने , धेरै साथीहरुलाई लाईन्समा जोड्दै लाने सेवा मुलक काम गर्ने बताउदै सबैलाई धन्यवाद दिनु भयो ।
लाईन्स क्लब अफ धादिङ भैरबीका अध्यक्ष कृष्ण बद्री पौडेल ले धादिङ जिल्ला भरी रचात्मक काम गर्ने , लाईन्स सदस्य साथीहरुलाई लाईन्सको बारेमा तालिम गर्ने , केही प्रोजेक्टहरु (योजना )सन्चालन गर्ने , न्यानोकपडा बितरण गर्ने , बिद्दालयहरुमा खानेपानीको ब्यबस्था गर्ने शैक्षिक सामाग्री बितरण गर्ने बत्ताउनु भयो । हाल लाईन्स क्लब अफ धादिङ भैरबीमा ३२ जना सदस्यहरु रहेका छ्न । २०८१/०१/१९ मा भैरबी मन्दिर परिसरमा लाईन्स क्लब अफ काठमाडौं जुपिटरबाट चार्टर भएको हो । लाईन्स क्लब अफ धादिङ भैरबी ले छोटो समयमा केही कामहरु गरेको छ , सदस्यहरु थपिदै गएको छ , आफ्नो कमाईको केही प्रतिशत सामाजिक सेवामा लगाउन गर्भनर ज्यु बाट आग्रह गर्नु भयो ।






