धादिङ । जिल्ला भलिबल संघ धादिङले धादिङ जिल्ला भलिबल टिमका पूर्व कप्तान स्व.मनोज श्रेष्ठको स्मृतिमा आयोजना गरेको महिला/पुरुष भलिबल प्रतियोगिता अन्तरगत पुरुष तर्फ खनियावास गाउँपालिकाको सिङ्गङ एकता समाज प्रथम र महिला तर्फ नीलकण्ठ प्रथम भएको छ ।

सदरमुकाम धादिङबेशीस्थित कभर्डहल सँगैको खेलमैदानमा आईतबार भएको फाईनल खेलमा रुवीभ्याली गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउदै खनियाबास गाउँपालिकाको सिङ्गङ एकता समाज प्रथम भएको हो । सेमिफाइनल खेलमा सिङ्गङ एकताले गंगाजमुना गाउँपालिकालाई र रुवीभ्याली गाउँपालिकाले सिद्धलेक गाउँपालिकाको टिमलाई हराएर फाइनलमा पुगेका थिए ।

प्रथम भएको सिङ्गङले नगद १ लाख १ हजार १११ सहित ट्रफि,मेडल र प्रमाणपत्र, दोस्रो भएको रुवीभ्यालीले नगद ५५ हजार ५५५ र सेमिफाइनल पुगेका रुवीभ्याली र सिद्धलेकले २०/२० हजारसहित ट्रफि,मेडल र प्रमाणपत्र पाएका छन् । शनिबार भएको फाईनल खेलमा सिद्धलेक गाउँपालिकालाई पराजित गर्दै नीलकण्ठ प्रथम भएको हो। सेमिफाइनलमा नीलकण्ठले ज्वालामुखी गाउँपालिकालाई र सिद्धलेक गाउँपालिकाले बेनिघाट रोराङ गाउँपालिकाको टिमलाई हराएर फाइनलमा पुगेका थिए ।

महिला तर्फ प्रथम भएको नीलकण्ठले नगद ५५ हजार ५५५ सहित ट्रफि,मेडल र प्रमाणपत्र, दोस्रो भएको सिद्लेकले नगद ३० हजार ३३० र सेमिफाइनलमा पुगेका ज्वालामुखी बेनिघाट रोराङले १५/१५ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र पाएका छन्। मंसिर ८ गतेदेखी सुरु भएको प्रतियोगितामा पुरुष तर्फ ११ टिम र महिलातर्फ ८ टिम सहभागी थिए । गंगाजमुना गाउँपालिका–४,गुम्दी घर भएका धादिङ भलिबल टिमका कप्तान श्रेष्ठको ०८० कात्तिक ९ गते निधन भएको थियो। टिपटप हेल्प नेपालबाट प्रधानमन्त्री कप एनभीए समेत खेलेका श्रेष्ठको कप्तानीमा धादिङले बागमती प्रदेश स्तरिय प्रतियोगिता समेत जितेको थियो । उनैको सम्झनामा स्मृति कप आयोजना गरिएको जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङले त्रिकोण खबरलाई बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0