बद्री पौडेल , धादिङ ।   २०८१/०३/१४ गतेका दिन रुबीभ्याली गा पा २ ठेगाना भएका हाल ससाह ज्यामिरे बस्दै आएका चेरोङ तामाङको बुवा स्व धनबिर तामाङ्लाई  च्याडु दोभानमा जलाएको  थियो ।

साथै आज २०८१/०८/१२ गतेका दिन रुबीभ्याली गा पा घर भैइ हाल ससाह अर्चले निवासी यो  थापा तामाङको आमाको निधन भएकोले उहालाई पनि च्याडु दोभानमा लगेर कृष्चियन बिधि पुरा गरी लास जलाएको छ , चेरोङ तामाङको भनाईनुसार  गाड्दा भन्दा जलाउदा बढी शुरक्षित हुने , गाड्ने जमिन नचाहिने , गाडेको लास जतन नहुने , गल्न लामो समय लाग्ने , वरिपरि जादा झल्को धेरै आई रहने आदि कारणले गर्दा मृत्यु पश्चात् लासलाई जलाउन नै ठिक भएकोले जलाएको बत्ताउनु भयो । धादिङमा मृत्यु भएका कृष्चियन समुदायहरुले ससाह जङ्गल , ज्यामिरेको जग्गामा र सान्कोष पट्टी लगेर गाड्ने गरेको पाईन्थ्यो ।  क्याथोलिक कृष्चियन समुदायमा गाड्दा पनि हुने र जलाए पनि हुने भन्ने भएकोले जलाएको चेरोङले  बत्ताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0