- धादिङ बेसी , आज मिति २०८१/०८/२० गतेका दिन जनस्वास्थ्य तथा प्राबिधिक अध्ययन स्कुल (H.A क्याम्पस ) धादिङमा तेस्रो र दोस्रो वर्षका विद्यार्थीहरुले प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न गरियो । नीलकण्ठ नगर पालिका वडा न ३ पुच्छारबजारमा रहेको क्याम्पसको आफ्नो प्राङ्गणमा सास्कृतिक कार्यक्रम सहित सम्पन्न गरेको हो ,क्याम्पसको संचालक समितिका सदस्य तथा शिक्षक कर्मचारी विद्यार्थी कल्याणकारी समितिका संयोजक कृष्ण बद्री पौडेल को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि धादिङ अस्पतालका निमित्त मे.सु . डा.गगन अधिकारी ,बिशेष अतिथिहरुमा आयुर्वेद केन्द्र धादिङका प्रमुख डा.अमुल्य दाहाल ,अतिथिमा नेपाल मानव अधिकार संगठनका सभापति कृष्ण राज अधिकारी ,संचालक समितिका बालकृष्ण नेपाली ,प्रकाश सापकोटा ,सुमन पराजुली ,रमिला खतिवडा तिमल्सिना ,कमल दनै,पृन्सिपल सिताराम वाग्ले ,शोभा छत्कुली आदिको आतिथ्यता रहेको थियो । प्रथम वर्षमा अध्ययन गर्ने ३९ जना छात्र छात्राहरुलाई डायरी ,कलम ,टीका ,खादा लगाएर स्वागत गरियो ।प्रमुख अतिथि डा. गगन अधिकारी र डा. अमुल्य दाहाल ले HA पढाईको बारेमा चर्चा गर्नु भयो । विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम ,गजल ,प्रस्तुत गरेका थिए । कार्यक्रमको समापन गर्दै अध्यक्षता गरेका कृष्ण बद्री पौडेलले आफुले २०५२ सालमा यसै अध्ययन स्कुलमा पढेको र धेरै जना स्वास्थ क्षेत्रमा रहेको र आगामी दिनमा यो क्याम्पसले गुणस्तरीय जनशक्ति उत्पादन गर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
+1






