आज मिति २०८१/०८/२४ गतेका दिन नीलकण्ठ नगर पालिका वडा न ४ मा रहेको आमाको माया छात्राबासमा रहेका २२ जना विद्यार्थीहरुलाई विद्यालय जादा लगाउने छालाको जुत्ता ,शितल छहारी नेपाल द्वारा उपलब्ध गराएको छ । आज छात्राबासमा एक कार्यक्रमको बिच उक्त सामान हस्तान्तरण गरिएको हो ,छात्राबासका अध्यक्ष डा नवीन बन्धु पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा शितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेलले उक्त सामान हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा छात्राबासको ब्यबस्थापन समितिका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।
आमाको माया छात्राबासमा रहेका बालकहरु प्रायः अभिभावक नभएकाहरु हुन , छात्राबासले लामो समय देखि ब्यस्थापन गरि राखेको छ ,आजै बसेको बैठकले तत्कालनै गुरुकुल शिक्षा संचालन गर्ने जाडोमा आवाश्यक पर्ने कपडा तथा अन्य सामाग्री विभिन्न संघ सस्था सङ अनुरोध गर्ने आदि निर्णय समेत गरेको बताउछन छात्राबासका सचिव राजेन्द्र राना मगर ।

आमाको माया छात्राबासमा रहेका बालकहरुलाई जुत्ता हस्तान्तरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






