धादिङ । गुरुङ समुदायको राष्ट्रिय पोसाक फोटो प्रतियोगिता ‘गुरुङ ड्रेस फोटो कन्टेस्ट-२०८१’ को उपाधि स्याङ्जाका चन्द्र गुरुङले जितेका छन् । नेपाल तमू ‘गुरुङ’ विद्यार्थी छोंज धीं धादिङले आयोजना गरेको फोटो प्रतियोगिताको नतिजा सार्वजनिक गरेको हो ।

प्रतियोगीतामा चितवनकी अंकिता गुरुङ फस्ट रनअर रप, लमजुङका अनिल गुरुङ सेकेन्ड रनअर रप र धादिङकी प्रतिभा गुरुङको फोटोले थर्ड रनअरको उपाधि पाएको छ ।

सामाजिक संजाल फेसबुकमा आएका लाईक, कमेन्ट, सेयर र बान्की पुरा गरेर गुरुङ पोसाक लगाएको आधारमा विजेता घोषणा गरिएको आयोजक संस्था नेपाल तमू ‘गुरुङ’ विद्यार्थी छोंज धीं धादिङका अध्यक्ष एवं प्रतियोगिताका संयोजक रेखबहादुर गुरुङले जानकारी दिए ।

‘गुरुङ समुदायको कला, संस्कृति र भेषभूषा संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले देश विदेशमा गुरुङ भेषभुषाको प्रचार भएको र त्यसले सिङ्गो देशकै पहिचान बढाएको महसुस गरेका छौं’, संयोजक गुरुङले भने-‘ यसले बालबालिका र युवाहरूलाई आफ्नो भेषभुषा सिक्न प्रेरित गरेको छ ।’

सामाजिक संजाल मार्फत आयोजना गरिएको फोटो प्रतियोगिताले नेपालका विभिन्न जातजातिहरुसंग भावनात्मक, सांस्कृतिक, तथा सामाजिक चेतना जगाउन सहयोग पुग्ने तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद धादिङका पूर्वअध्यक्ष गोपाल गुरुङले बताए ।

तमु ल्होसारको अवसर पारेर प्रतियोगितामा उत्कृष्ट छनोट भएका फोटोलाई नगदसहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहार प्रदान गरिएको छ । प्रतियोगीताको उत्कृष्ट १० मा परेका फोटोहरुलाई पनि गुरुङ पोषाकसहित प्रमाणपत्र र उपहार प्रदान गरिएको छ । कार्यक्रमकै अवसरमा फोटो कन्टेस्ट सफल पार्न सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।

‘कला संस्कृति भेषभुषा गुरुङ जातीको पहिचान, यसको संरक्षण र संर्वद्धन हाम्रो अभियान’ भन्ने नारा सहित तीन महिनाको समय अवधि सहित फोटो पोस्ट गर्ने समय तोकिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0