धादिङ । मुक्तिनाथ विकास बैँक लिमिटेडको १९ औँ वार्षिक उत्सवको अवसरमा ५७ जनाले रक्तदान गरेका छन् ।

शुक्रबार आज मुक्तिनाथ विकास बैँक धादिङबेशी शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा सञ्चालित रक्तदान कार्यक्रममा ४८ जना पुरुष र ९ जना महिला गरी ५७ जनाले रक्तदान गरेका हुन् ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो अठारौं वर्ष पूरा गरी उन्नाइसौं वर्षमा प्रवेश गरेको अवसरमा शुक्रबार देशभर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0