गर्भे बहादुर मिजार , धादिङ ।

सहिद दिवसको अवसरमा नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

यो कार्यक्रम विद्यालयको युवा रेडक्रस सर्कलको आयोजनामा र जिल्ला रेडक्रस सोसाइटी धादिङको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा नीलकण्ठ बालमन्दिरका विद्यार्थी, शिक्षक, कर्मचारी तथा अन्य व्यक्तिहरू गरी कुल ८३ जनाले रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङ र रोटरी क्लब धादिङको पनि विशेष सहयोग रहेको थियो। कार्यक्रमपछि रक्तदाताहरुलाई सम्मानस्वरूप प्रमाणपत्र प्रदान गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0