ईश्वर थापा मगर
धादिङ, माघ १५ – धादिङमा अन्तर्राष्ट्रिय सालक दिवसलाई सप्ताहव्यापी रूपमा माघ २७ गतेदेखि फागुन ३ गतेसम्म विशेष कार्यक्रमको आयोजना गरी मनाइने भएको छ।

डिभिजन वन कार्यालय धादिङमा आयोजित सरोकारवालाहरूको भेलाले फागुन ३ गते विशेष कार्यक्रमसहित अन्तर्राष्ट्रिय सालक दिवस मनाउने निर्णय गरेको हो। डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत विष्णु आचार्यका अनुसार “सालक संरक्षणमा युवाको महत्त्व” भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको छ।

यस अवसरमा धादिङ बेसीबाट पौवा घर हुँदै भैरवी मन्दिरसम्म पदयात्रा आयोजना गरिनेछ। साथै, भैरवी मन्दिरमा सालकको एक जोडी प्रतिमा पनि स्थापना गरिने योजना रहेको छ।

फागुन ३ गते विशेष कार्यक्रमको तयारी भइरहेको छ, जसमा वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालको उपस्थिति रहने छ। डिभिजन वन अधिकृत आचार्यले सालकको संरक्षणमा स्थानीय समुदाय, युवाहरू, र सरकारी निकायहरूको सहकार्यलाई थप सशक्त बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो।

सालक संरक्षणको महत्त्वलाई जनचेतनाको रूपमा प्रवर्द्धन गर्न यस कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0