ईश्वर थापा मगर
धादिङ, फागुन २१ – लोकतन्त्रमा आस्थावान यातायात व्यवसायीहरूको साझा संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी महासंघ धादिङको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। पहिलो अधिवेशनबाट राजेश प्रजापतिको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ।
आईतवार धादिङबेसीमा सम्पन्न घोषणासभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसमा गुटहरू हुने तर अधिवेशनसम्ममा त्यस्ता गुटहरूको अन्त्य हुने भएकाले कार्यकर्ताहरू निराश हुन नपर्ने बताउनुभयो।
नवगठित कार्यसमिति निम्नानुसार रहेका छन्:
अध्यक्ष : राजेश प्रजापति
उपाध्यक्ष : रामकुमार बानिया
सचिव : शम्भु सिलवाल
कोषाध्यक्ष : रुद्रबहादुर गिरी
सहसचिव : रमेश ढुङ्गाना
सदस्य : विनोद विश्वकर्मा, कृष्णप्रसाद रिजाल, रमेश श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, कृष्ण गुरुङ, उत्तम कुमार श्रेष्ठ
नयाँ कार्यसमितिले जिल्लाभित्र यातायात व्यवसायीहरूको हितमा काम गर्दै लोकतान्त्रिक मूल्य, मान्यतालाई आत्मसात् गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यता रहेको रहेको थियो । त्यसै गरि कृर्षि तथा पशुपन्छी बिकास मन्त्री एवं नेपाली काँग्रस धादिङका सभापति रामनाथ अधिकारी, नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङगाना, नेपाली काँग्रस धादिङका पुर्व पाटी सभापति रमेश धमला, हरि अधिकारी, नेपाली काँग्रस धादिङका सचिव बिकाश श्रेष्ठ , नेपाली काँग्रेसका क्षेत्रिय सभापति राकेश धमला लगायतको बिशेष आतिथ्यता रहेको थियो ।






