धादिङ, माघ २५ – बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्के आउँदो माघ २७ गते धादिङ जिल्लाको खनियाबास गाउँपालिका–०४, दार्खामा आयोजित एक विशेष समारोहमा सहभागी हुने भएका छन्।

मन्त्री मास्के उक्त अवसरमा मदन भण्डारी फाउन्डेसन खनियाबास शाखाद्वारा निर्माण गरिने मदन आश्रीत भवन को सिलान्यास गर्ने कार्यक्रम रहेको छ। फाउन्डेसन खनियाबास शाखाका अध्यक्ष हरि सिं गुरुङका अनुसार भवन निर्माणले स्थानीय स्तरमा सामाजिक तथा शैक्षिक गतिविधिलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।

कार्यक्रममा विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। मदन भण्डारी फाउन्डेसनले पार्टीको सिद्धान्तअनुसार विकासका कार्यक्रमहरू अघि बढाउँदै आएको छ, जसअनुसार यो भवनको निर्माणसमेत महत्वपूर्ण योजना अन्तर्गत रहेको फाउन्डेसनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0