ईश्वर थापा मगर

धादिङ । धादिङबेसीमा सूचना तथा प्रसारण विभागको आयोजना तथा नेपाल पत्रकार महासंघ धादिङको सहकार्य मा दुर्गम क्षेत्रका पत्रकारहरूको लागि तीनदिने क्षमता अभिवृद्धि तालिम, प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण, तथा अनलाइन दर्ता नवीकरण शिविर सुरु भएको छ। उक्त कार्यक्रम नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो।

कार्यक्रममा सूचना तथा प्रसारण विभागका निर्देशक पूर्णिमा उपाध्यायसहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने ले पत्रकारहरूको क्षमता विकासका लागि यस्ता तालिमहरू महत्वपूर्ण हुने बताउनुभयो।

तालिमको पहिलो दिन वरिष्ठ टेलिभिजन पत्रकार रामशुभक महतो ले मोबाइल जर्नालिजम (Mobile Journalism) सम्बन्धी सहजीकरण गर्नुभएको थियो। तीन दिनसम्म चल्ने यस तालिमले दुर्गम क्षेत्रका पत्रकारहरूलाई नवीनतम प्रविधि, डिजिटल पत्रकारिता, तथा अनलाइन समाचार संकलनका विषयमा दक्ष बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0